काठमाडौं । नेकपा एमालेले पार्टीमा वरीयताक्रम तोकेको छ । आइतबार भक्तुपरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।
जसअनुसार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवालीको नाम परेको छ । त्यसैगरी ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेकी छिन् भने
रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा रहेका छन् । त्यस्तै पौडेलपछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे परेका छन् ।
त्यसपछि महासचिव शंकर पोखरेल रहेका छन् । भने त्यसपछिको वरियताहरुमा उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा रहेको एमालेले जनाएको छ ।
आज बसेको बैठकले विभिन्न कमिटीहरु गठन साथै केन्द्रीय कमिटीमा ४४ जना मनोनित गरेको छ ।
कस्तो छ वरियताक्रम
अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे ।
महासचिव : शंकर पोखरेल
उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल ।
सचिव : टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया