साइबर अपराध न्यून गर्न ब्युरो थपिने

काठमाडौं । सरकारले बजेट भाषणमा नेपालमा देखिएको साइबर अपराधमा न्यूनीकरण गर्नका लागि साइबर ब्युरो थपिने बताएको छ ।

मंगलवार संसदमा सार्वजनिक भएको बजेटमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले साइबर ब्युरोको संख्या बढाउने बताएका छन् । साथै मानव बेचबिखनलाई रोकथाम गर्न पनि कदम चालिने बताइएको छ ।

त्यस्तै कैदीलाई दिइने खर्च ४५ बाट बढाएर ६० पु–याउने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?