केन्द्रीय सदस्यमा मत माग्दै विनोद चौधरी, यस्ता छन् एजेण्डा

लोकपथ
252
Shares

काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्दैछन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा चौधरीले मधेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

गरिखाने अभियान समेत चलाइरहेका चौधरीले आफूले युवाहरुलाई उद्यमशील बनाउन र स्वरोजगारको प्रवद्र्धन गर्न उम्मेदवारी दिएको भन्दै मत मागिरहेका छन् । चौधरीले सामाजिक सञ्जालमा मुख्य दुई एजेण्डासहित आफूले उम्मेदवारी दिएको चर्चा गरिरहेका छन् ।

के के छन् चौधरीको प्रतिबद्धता ?

भ्रष्ट्राचार अन्त्यको अभियान चलाउन, देशमा सुशासन ल्याउन

गरिखाने अभियानमार्फत युवाहरुलाई उद्यमशील बनाउन, स्वरोजगारको प्रवद्र्धन गर्न

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?