महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानीट्यांकी प्रदान

लोकपथ
91
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको गोंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानीट्यांकी प्रदान गरेको छ ।

वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रमबीच गोंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानीट्यांकीहरु टोखा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष उत्तम अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै, टोखा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष उत्तम अधिकारीले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?