सरकारको बजेट भाषणः फिल्ममा बक्स अफिस लागू प्राथमिकता

काठमाडौं । सरकार आर्थिक वर्ष २०७५/७६ को क्रममा बजेट विनियोजनका क्रममा चलचित्रको पारदर्शिताका लागि बक्स अफिस लागू गर्ने बताएको छ ।

आज (मंगलवार) संसद भवनमा सार्वजनिक भएको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गर्दै बक्स अफिस लागू गर्ने बताएका हुन् । सिनेमा क्षेत्रमा पारदर्शिताका लागि भन्दै बक्स अफिस लागू गर्न लागिएको बताइएको छ ।

साथै सरकारले सन्देशमूलक चलचित्रमा सहुलियत दिने पनि बताएको छ ।

यो बाहेक फिल्म क्षेत्रका लागि अन्य आकर्षक योजना भने खासै ल्याइएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?