हवाई क्षेत्रको सुधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ !

सरकारले आर्थिक वर्ष २०७५०७६ मा  हवाई क्षेत्रको सुधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।
 आज प्रस्तुत गरिएको बजेटमा काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधार गर्न तथा निजगढ स्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउने भएको छ। सरकारले भैरहवामा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।

विराटनगर, जनकपुर र धनगढी विमानस्थलको स्तरोन्नती गरी छिमेकी देशहरुसँग हवाई सम्पर्क बढाउने समेत सरकारले बजेटमा उल्लेख गरेको छ। त्यस्तै दाङमा वैकल्पिक विमानस्थल निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनिकरणका लागि काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्नका लागि समेत बजेट विनियोजन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?