चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडी १ मा प्रशारण हुँदै

लोकपथ
42
Shares

काठमाडौं । चाइनिज सुपर लिग फुटबलको प्ले अफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एचडी १ लिएको छ । यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एचडी १ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।

पहिले चाइनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसाेसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (CSL) को नामबाट सुरु भएको थियो । चाइनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सनजस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दै छन् ।

ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एचडी १ र एचडी २ च्यालनमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?