रानीपोखरी र धरहरा तीन वर्षभित्र बनाइने सरकारको लक्ष्य

सरकारले भूकम्पबाट ध्वस्त बनेको रानीपोखरी, धरहरा र काष्ठमाण्डप आगामी तीन वर्षभित्र सम्पन्न गर्ने बताएको छ । 
अर्थमन्त्री युवराज खतिवडाले संसदमा आज गरेको बजेट भाषणामा सो कुराको जानकारी दिएका हुन् । उनले अन्य सम्पदाको पुर्ननिर्माण पनि दूततर गतिमा अघि बढाइने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?