शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म ऋण लिन पाईने

सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा युवालाई ७ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । 
आथिर्क वर्ष २०७५ ०७६ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री युवराज खतिवडाले ५ प्रतिशत ब्याजदरमा शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने घोषणा गरेका हुन् । यस्तै वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई सहुलियत ब्याजदरमा १० लाखसम्म ऋण दिने व्यवस्था सरकारले गर्ने प्रस्तुत बजेटमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?