कृषिजन्य भूमिलाई घर घडेरीमा परिवर्तन गर्न रोक

सरकारले जमिनको वैज्ञानिक व्यवस्थापन गर्न भूउपयोग सम्बन्धी कानूनको विधेयक यसै संसद अधिवेशनमा पेश गर्ने घोषणा गरेको छ । 
अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा पेश गरेको बजेटमा  सिञ्चित तथा अन्य कृषिजन्य भूमिलाई घरघडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ । 

यस्तै जग्गाधनी पूर्जालाई विद्युतिय बनाइने,  इजाजत प्राप्त कम्पनीबाट मात्रै घर जग्गा गरिद  खर्न पाइने, आगामी आर्थिक वर्षभित्र सबै मुक्त कमैया र हलियाको व्यवस्थापन गरिने पनि अर्थमन्त्रीले बताएका छन्।  

यस्तै २६ जिल्लामा राज्य सुरक्षा परीचय पत्र बितरण गरिने  पनि खतिवडाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?