१ भाद्र २०७९, बुधबार

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

२०७५,जेष्ठ,१५,मंगलवार १०:२०

0
Shares

उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम र केही अमेरिकी अधिकारीहरु पनि त्यहाँ पुगेका हुन् ।मङ्गलबार केही अमेरिकी उच्च अधिकारी पनि सोमबार राति जापान हुदै सिंगापुर पुगेका थिए । अमेरिकी अधिकारी ह्वाइट हाउसका उपसचिव जोय हाजिनको नेतृत्वमा रहेको छ ।

दुई नेताबीचको शिखर वार्ता अघि ती दुई देशका अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीका कार्यहरु गर्ने भएका प्राप्त समाचारमा जनाइएको छ ।आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने छ ।

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले पनि यसअघि नै पुष्टि गरेको छ । यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ ।उता यसै वार्ताको आवश्यक तयारीका लागि भन्दै एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको अर्काे समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार १०:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटबारे छलफल हुँदै, चौथोपटक बसेको बैठकमा सिट संख्या र मापदण्ड सहमतिमै टुंग्याउने

काठमाडौं । केन्यालीहरूले यस महिनाको चुनावमा ७ गभर्नरहरू, ३ सिनेटरहरू र २६ सांसदसहित ठूलो संख्यामा महिलाहरू विजयी भएका छन् ।

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी युक्रेनमा रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्तिले सम्पूर्ण युरोपलाई धम्की दिएको टिप्पणी

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५