१८ चैत्र २०७९, शनिवार

आम्दानी कम लगानी बढी भएपछि परिचय बदल्दै जुट कृषक

२०७४,आश्विन,२५,बुधबार ०५:३३

0
Shares

(गोपालप्रसाद पोखरेल)पथरी, मोरङ, २५ असोज ।मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोडेको करिब दुई वर्ष भयो ।पाँच बिगाहामा जुट लगाएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाडेका हुन । कार्की यतिबेला धानखेती गर्दै आएका छन ।जुटखेतीमा आम्दानीभन्दा खर्च बढी भएपछि धानखेती गर्न थालेका हुन । यतिखेर उनलाई स्थानीय मानिस धान उत्पादक कृषक भनेर चिन्छन् । उनले भने, “आम्दानीभन्दा लगानी बढी छ, जुटखेती गरेर फाइदा हुँदैन के गर्नु ?उनीत्र होइन मोरङको शिसवानी बडहराका महोनलाल महतोले पाँचवर्ष अघिसम्म नौ बिगाहा जमिनमा जुट अथवा (पट्वा) खेती गर्थे । तर जुटखेतीबाट फाइदा नभएपछि उनले पनि धानखेती नै गर्न थाले ।जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले उनले जुटखेती हटाए । मोरङमा जुट प्रतिक्विन्टल रु पाँच हजारमा विक्री हुन्छ । उनले अहिले आठ बिगाहा नौ कट्ठामा धान र १० कट्ठामा जुटखेती गर्दै आएका छन ।जुट उत्पादन गर्दै आएका किसानको परिचय बदलिएको छ । उनलाई जुट किसानभन्दा पनि धानखेती गर्ने किसान भनेर चिन्छन् । उनले भने, “बिना फाइदा जुटखेती गरेर के गर्ने ? मोरङमा एक हजार हेक्टरमा जुटखेती भएको जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ ।गतवर्ष एकहजार ७०० हेक्टर जुटखेती हुँदै आएको थियो । जुट उत्पादक कृषकलाई सरकारले प्रोत्साहन नगर्दा, जुट उत्पादनमा गिरावट आएको छ ।जुट उत्पादनमा ह्रास आउनु र मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित आधा दर्जन जुट उद्योग बन्द हुनु राम्रो संकेत नभएको उद्योगी प्रकाश मुन्दडाको भनाइ छ । उनले भने, “जुटको व्यापारलाई सरकारले प्रोत्साहन नगरेसम्म उँभो लाग्दैन ।यहाँका विराटनगर जुटमिल्स, नरेश राठीको गुहेश्वरी जुटमिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भैसकेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से

काठमाडौं । एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ ।

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक

ताजा समाचार

अट्टाहस
 २०७९,चैत्र,१८,शनिवार ११:२१
रसुवागढी नाकाबाट मानव आवागमन खुला
 २०७९,चैत्र,१८,शनिवार ११:१९
टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु
 २०७९,चैत्र,१८,शनिवार ११:१७
पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३