देउवालाई हराएरै छाड्छु : निधि

लोकपथ
3k
Shares
?????????, ?? ?????? ? ?????? ??????????? ???????? ????? ?? ??? ????????? ??????????? ??????? ?????? ????? ???????? ???? ?????????? ???? ? ?????? ? ???? ???????, ????

काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनबाटै भएपनि सभापतिमा शेरबहादुर देउवालाई हराएरै छाड्ने बताएका छन् । सभापति पदका उम्मेदवार निधिले महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले पहिलो चरणमा सभापतिको कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने दाबी गर्दै दोस्रो चरणमा देउवाविरुद्ध सबै एक हुने बताएका छन् ।

उनले पार्टीभित्र सर्वसम्मतिका लागि सक्दो प्रयास गरेपनि असफल भन्दै नेतृत्व परिवर्तनका लागि सबै एकै ठाउँ उभिनुपर्नेमा जोड दिएका छन् । महाधिवेशनबाट कांग्रेस नेतृत्व परिवर्तन गर्ने तथा महाधिवेशनपछि सरकारको नेतृत्वसमेत परिवर्तन गर्ने निधिले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?