‘बोबी’ को गीत रिलिज, वास्तविक जाेडी नै फिल्ममा (भिडियाे)

काठमाडौं, १५ जेठ – चलचित्र ‘बोबी’ को नयाँ गीत सार्वजनिक भएको छ । रियल स्टोरीमा आधारित उक्त फिल्मको गीतलाई गायक राजेश पायल राई र दीपा लामाले स्वर दिएका छन् ।

कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवि राणा शाह, भक्त खनाल, रश्मी भट्ट, सुरवीर पण्डित, पूर्णिमा लामा लगायतका कलाकारले अभिनय गरेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

गीतको शब्द र संगीत बसन्त सापकोटाको रहेको छ भने भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । उनले कविता गुरुङ र उमेश थापालाई फिचरिङ गराएका हुन् ।

चाम्स इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको फिल्म वास्तविक कथामा वास्तविक पात्र लिएर लिएर बनाइएको छ । फिल्मका दृश्यलाई नर्वेमा छायांकन गरिएको हो ।

चलचित्रलाई नरेश भट्टराई र गिरिराज घिमिरेले लेखका हुन् भने वनिष शाहले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?