नेपाल खेलकुद महासंघका अध्यक्ष पौडेल एमालेको केन्द्रीय सदस्यमा मनोनित

लोकपथ
742
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश कुमार पौडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनित गरेको हो ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित गरिएको छ ।

मनोनित हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?