स्वीडेनकी यी युवतीसँग प्रेममा छन् राघव, रोमान्टिक तस्बिर सार्वजनिक

लोकपथ
3.4k
Shares

काठमाडौं । बलिउड डान्सर, अभिनेता तथा रियालिटी शो ‘डान्स प्लस’ का प्रस्तोता राघव जुयाललाई कुनै पहिचानको आवश्यकता छैन । उनी आफ्नो कामका कारण सधैँ चर्चामा रहन्छन् ।

यस शोमा राघव सधैँ शक्तिसँग फ्लर्ट गरेको देखिन्छ र यसै कारणले दुवैको डेटिङको बारेमा चर्चा पनि चलेको थियो । दुवैको केमेस्ट्रीलाई फ्यानले मात्र होइन यस शोसँग जोडिएका मानिसहरूले पनि रुचाएका छन् ।

तर राघव शक्तिमोहनसँग नभई अर्की युवतीसँग प्रेममा रहेको खबर आएको छ । उनीहरु दुव्का केही तस्बिरहरु पनि सार्वजनिक भएका छन् जसले फ्यानहरुलाई समेत अचम्ममा पारेको छ ।

राघव जुयाल

राघव जुयाल एक विदेशी युवतीलाई डेट गर्दै छन् र उनीहरु दुवैको केही तस्बिरहरु पनि बाहिर आएका छन्, जसमा उनीहरु सँगै निकै खुसी देखिन्छन् । यी युवतीको नाम सारा अरहुसियस हो र उनी स्वीडेनकी हुन् ।

विशेष कुरा के छ भने साराले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा राघवसँग धेरै तस्बिर सेयर गरेकी छिन्, जसका कारण यो खबर सत्य भएको देखिन्छ ।

राघव जुयाल

सारा र राघवको भेट सन् २०१७ मा भएको र दुवै सन् २०१८ देखि एकअर्कालाई डेट गर्दै आएको चर्चा छ । सारा र राघवका नजिकका मानिसहरूलाई उनीहरूको सम्बन्धको बारेमा थाहा छ। उनी आफ्नो सम्बन्धलाई गोप्य राख्न चाहन्छन् र त्यही भएर उनले आफ्नो सम्बन्धलाई लुकाएर राखेका थिए ।

जानकारीका अनुसार सारा र राघवको पहिलो भेट एक ट्र्याकको क्रममा भएको थियो । त्यसयता दुवै सँगै छन् । कामको सिलसिलामा सारा प्रायः भारत आउँछिन् र यस क्रममा उनी राघवसँग समय पनि बिताउँछिन् ।

राघव जुयाल

राघव डान्सर हुन् र उनी अभिनयमा पनि लागेका छन् । त्यसैगरी सारा पनि फिल्मी दुनियाँकी हुन् । उनी इन्टिमेसी को-अर्डिनेटर हुन् । साराले नेटफ्लिक्सको चर्चित शो ‘यंग रोयल्स’मा इन्टिमेसी को-अर्डिनेटरको रूपमा काम गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?