भोट माग्ने महेशको फरक शैली : प्रतिनिधिलाई हस्तलिखित चिठी !

लोकपथ
861
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।

उनले अन्य नेताहरुले भन्दा फरक शैलीबाट महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् । अन्य उम्मेदवारहरुले ब्यानरसहित प्रचार गरिरहे पनि उनले भने हस्तलिखित प्रचामार्फत मत मागिरहेका छन् ।

१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् ।

दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?