९ आश्विन २०७९, आईतवार

१० कैदीबन्दीलाई माफी

२०७५,जेष्ठ,१५,मंगलवार ०९:२१

0
Shares

गणतन्त्र दिवसका अवसरमा आज बिहान कञ्चनपुर कारागार भीमदत्तनगरबाट १० कैदीबन्दीको कैद मिनाहा भएको छ । असल चालचलन हुनाका साथै कैद सजाय छोट्याउन उपयुक्त देखिएका यहाँका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका पुरुष कैदीबन्दीको कैद मिनाहा भएको कञ्चनपुर कारागार प्रशासनले जनाएको छ ।

कर्तव्य ज्यान, सवारी ज्यान, कुटपिट, अंगभंगलगायत मुद्दाका कैदीको सजाय मिनाहा भएको हो । कैद मिनाहा हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मोहन ऐर, बैतडीका लक्ष्मणदत्त पन्त, कृष्णपुर नगरपालिकाका सीताराम डगौँरा, बेलौरीका देवप्रसाद चौधरी, कृष्णपुरका प्रेमसिंह राना, शुक्लाफाँटाका छोटे राना, भीमदत्तनगरपालिकाका गणेश लुहार र  नरेश राना, डोटीका भक्तबहादुर बयाडी र बेदकोट नगरपालिकाका पुष्करराज पाण्डेय छन् ।

कञ्चनपुर कारागार प्रशासनले १३ जनाको कैद मिनाहाका लागि सिफारिस गरेको थियो ।  
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार ०९:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शनिवार (हिजो) आफ्ना १७ वटै शाखा कार्यालय क्षेत्र वरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई

धनगढी । कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर

ताजा समाचार

चोरी आरोपमा वडासदस्य पक्राउ
 २०७९,आश्विन,९,आईतवार २०:३४