जुम्ला पुगिन् राष्ट्रपति भण्डारी

RSS
104
Shares

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छिन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला पुगेकी हुन् ।

उनी प्रतिष्ठानबाट ७ सय मिटर टाढा सदरमुकाम खलंगास्थित नेपाली सेनाको नन्दबक्स गणमा हुँदै त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए ।

‘राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ,’ डा रावलले भने । त्यसपछि ७६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनकोसमेत शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?