मिस युनिभर्स २०२१ : प्रतियोगितामा उर्वशी रौतेला निर्णायक

लोकपथ
702
Shares

काठमाडौं । भारतको उत्तराखण्डकी अभिनेत्री उर्वशी रौतेलाले आइतबार इजरायलमा हुन लागेको मिस युनिभर्स २०२१ प्रतियोगिताको निर्णायक बन्ने भएकी छिन् । यस वर्षको मिस युनिभर्स प्रतियोगिता जलवायु परिवर्तन, सामाजिक र विश्वव्यापी चुनौतीहरूमा केन्द्रित छ।

उर्वशी यति ठूलो प्लेटफर्मको हिस्सा बनेका कारण उनको परिवार र फ्यानमा निकै उत्साह छ ।

उर्वशी पनि निकै उत्साहित :

फिल्म-फेसन संसारमा ठूलो नाम कमाएकी उत्तराखण्डकी उर्वशी रौतेलालाई मिस युनिभर्स २०२१ को निर्णायकका लागि आमन्त्रित गरिएको छ । उर्वशी पनि आज इजरायलमा हुन लागेको यो प्रतियोगितालाई लिएर निकै उत्साहित छिन् । यस उपलब्धिमा आमा मीरा रौतेला र परिवार गर्व महसुस गरेका छन् ।

उर्वशीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही भिडियो र तस्बिर पनि सेयर गरेकी छिन् । जसमा उनले आफ्नो खुसी व्यक्त गरेका छन् । उर्वशीले लेखेकी छिन् म इजरायलमा मिस युनिभर्स २०२१ प्रतियोगिताको हिस्सा हुन पाउँदा सम्मानित छु । यो खबरपछि उनलाई सामाजिक सञ्जालमा धेरै बधाई पाएकी छिन् ।

उर्वशी रौतेलाले इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटेर भगवद गीता दिएकी छिन् । उर्वशीलाई पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो परिवारसँग भेटघाट गर्न निम्तो दिएका थिए । उर्वशीले यो गर्वको क्षण आफ्नो सोशल मिडिया एकाउन्टमा सेयर गरेकी छिन् । बेन्जामिन नेतन्याहुले पनि आफ्नो आधिकारिक सोशल मिडियामा उक्त भिडियो सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?