सुरेन्द्र चौधरीले फिर्ता लिए सहमहामन्त्रीबाट उम्मेदवारी

लोकपथ
420
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

थारु कोटातर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका नेता यादवले आइतबार राष्ट्रिय सभागुहमा गएर उम्मेदवारी फिर्ता लिएका हुन् ।

देउवा पक्षीय उनले बागी उम्मेदवारी दर्ता गराएकामा अन्तिम समयमा आएर फिर्ता लिएका हुन् ।

देउवा प्यानलबाट कृष्ण प्रसाद सिटौला समूहका उमाकान्त चौधरीलाई उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

त्यस्तै अब सहमहामन्त्रीमा थारु कोटाबाट उमाकान्त चौधरी र तेजुलाल चौधरीबीच प्रतिष्पर्धा हुनेछ ।

शनिबार भएको मनोयनको आज १२ः३० बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका रहेको छ । दिउँसो १ बजे उम्मेदवारहरुको नामावली सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?