डा. शेखर कोइरालाको संकल्प : ‘चाकडी अन्त्यदेखि राजनीति सफाइसम्म’ (पूर्णपाठ)

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

शनिबार आफ्नो प्यानलसहित उम्मेदवारी दिएका डा. कोइरालाले आफ्नो संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उनको घोषणापत्रमा पार्टीभित्र चाकडी चाप्लुसी अन्त्य गर्नेदेखि राजनीति र राजनीतिक दलप्रति आम मानिसहरुलाई आकर्षित गर्ने लगायतका संकल्प रहेको छ ।

‘कांग्रेसभित्र धनबाली, बाहुबली र चाकडी चाप्लुसीको आधारमा अवसर पाउने परम्परालाई बन्द गरिनेछ’, संकल्पमा भनिएको छ,‘राजनीति र राजनीतिक दलका नेताहरुप्रति आम नागरिकको वितृष्णा बढ्दो छ । देशको संविधान र व्यवस्थाप्रति नागरिकको सोचनमा परिवर्तन नगरी राजनीतिक स्थिरता ल्याउन सम्भव छैन । तसर्थ राजनीतिलाई सम्मानित सेवाभावबाटछ अगाडी बढाउने र राजनीतिमा देखिएका पेशेवर पद्धतीलाई निरुत्साहित गर्न ठोस कार्यक्रम अगाडी ल्याइने ।’

संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने सहमति भंग भएपछि डा. कोइरालाले आफ्ना प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । उनको प्यानलबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापति रहेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?