राताम्य बन्यो सेयर बजार

लोकपथ
468
Shares

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजार खुलेको डेढ घण्टा बित्दा सेयर बजारमा ४७ अंकको गिरावट आएको छ ।

यो अवधिसम्म सेयर बजार मापक नेप्से परिसूचक ४७.३४ अंकले घटेर २४०२.६३ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ७.६४ अंकले घटेर ४५७.५९ बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २११ कम्पनीको १५ लाख ९८ हजार ४२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो अवधिसम्म ७५ करोड ७० लाख ३७ हजार ६९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो अवधिसम्म १३ वटै उपसमूह राताम्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?