काठमाडौं । नेकपा र फोरमका बीचमा भएको सहमति प्रति ने.क.पा. (मसाल) ले गम्भीर ध्यान आकर्षित भएको जनाएको छ ।
मंगलबार जारी प्रेस विज्ञप्तीमा उनीहरूका बीचमा मधेश आन्दोलनका मागहरू पूरा गर्न संविधानमा संशोधन गर्ने र फोरम सरकारमा सामेल हुने सहमति भएको भएकोले त्यसप्रति आंशका उत्पन्न भएको भन्दै असन्तुष्टि जनाईएको हो । भारतीय विस्तारवादको ग्राण्ड डिजाइनमा नेपालमा आन्दोलन चलाएर संविधान संशोधन गर्ने तथा देशको राष्ट्रियता र राष्ट्रिय हितका विरुद्ध हुने विज्ञप्तीमा जनाईएको छ ।
विज्ञप्तीमा भनिएको छ , ‘हामीले अझै नेकपा वा ओली सरकारले त्यस प्रकारको गल्ती गर्नेछ भनेर सोचेका छैनौँ । तैपनि सरकारले मधेशवादीहरूका माग अनुसार संविधानमा संशोधन गर्ने निर्णय गरेमा त्यसबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने छ ।’
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षर रहेको विज्ञप्तीमा सरकारले त्यस्तो गर्ने निर्णय गरेमा देशव्यापी रूपमा विरोध गर्नु सम्पूर्ण देश र जनताको दायित्व हुने जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया