जीप दुर्घटना हुँदा ३ को मृत्यु, ८ जना घाइते

काठमाडौं । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३ मा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेको सनाखत अझै भएको छैन । घाइतेको उद्धार गरी प्रहरीले अस्पताल पठाएको छ ।

दिपायलबाट कोहलपुर गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनाको कारण खुल्न नसकेपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?