एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा

लोकपथ
140
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि जारी छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा जारी छ ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।

त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?