सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
208
Shares
तस्बिर: गुगल

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार कायम रुपैयाँ भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?