मोदी सन २०१९मा सत्तामा आउन सक्दैनन

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वले सन् २०१९को आम निर्वाचनबाट सत्ता फर्किन नसक्ने दाबी एक भाजपा नेताले नै गरेका छन् ।

पूर्व भाजपा सरकारमा संघीय मन्त्री रहिसकेका लेखक पत्रकार एवं अर्थशास्त्रीको रूपमा समेत परिचय बनाएका अरूण शौरीले मोदी नेतृत्वको बारेमा यस्तो टिप्पणी गरेका छन् ।

दी इकोनोमिक्स टाइम्सलाई दिएको एक अन्तर्वार्तामा शौरीले मोदीलाई स्थितिको पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने “मोदी फर्केर आउँदै आउँदैनन भन्न खोजेको होइन । मैले भन्न खोजेको मोदीलाई जाँचपडताल हुन्छ कि हुँदैन । यत्रो ठूलो व्यक्तित्व बनाएका मोदीले ३१ प्रतिशत मत मात्र पाए ।

एक निर्वाचन क्षेत्रमा एक जना भाजपाका उम्मेदवार मात्र हुने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । गुजरात र उत्तर प्रदेशमा भएको देखियो । जहाँसम्म मलाई थाहा छ बिहारका मुख्यमन्त्री नीतिश कुमार भाजपा गठबन्धमा निस्सासिएको अनुभव गरिरहेका छन् ।

शिवसेनाका अभिव्यक्तिहरू हेर्नुस र मोदीको स्वागतमा अकाली दलले सार्वजनिक गरेका अभिव्यक्तिहरू हेर्नुस । त्यसले मोदीलाई फर्काउने हावा बगाउने देखिदैन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?