अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले मागे विश्वप्रकाश र गगनलाई भोट

लोकपथ
35.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि शनिबार मनोनयन दर्ता भएको छ । यतिबेला कांग्रेसीजन आ-आफ्ना टिमलाई जिताउन लागि परेका छन् ।

कांग्रेसबाट मात्रै नभइ अन्य दलका नेता कार्यकर्ताहरुले पनि युवाहरु नेतृत्वमा आउनुपर्ने भन्दै सुभेक्षा व्यक्त गरिरहेका छन् । सो क्रममा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा र गगन थापालाई मतदान गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता तामाङले कांग्रेसलाई थप शसक्त बनाउनका लागि विश्वप्रकाश र गगन जस्ता युवाहरु कांग्रेसमा आवश्यक रहेको बताएका छन् । दुई युवा नेताहरु नेतृत्वमा आएमा कांग्रेस थप बलियो बन्ने बनाउँदै बलियो प्रतिष्पर्धी आफूहरुलाई स्वीकार्य भएको बताए । तर आफूहरुलाई कमजोर कांग्रेस भएमा प्रपिष्पर्धा गर्न सहज हुने भन्दै टिप्पणी गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि विश्वप्रकाश र गगनले फरक फरक प्यानलबाट उम्मेदवारी दिएका छन् । विश्वप्रकाशले प्रकाशमान सिंह र गगनले डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?