जेलमुक्त बालकृष्ण ढुंगेलले भने : डलरवादीहरू घृणायोग्य छन्

काठमाडौं : द्वन्द्वकालिन मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका कम्युनिष्ट नेता बालकृष्ण ढुंगेलले जेलबाट निस्कनासाथ 'मानवअधिकारी संस्था' र वकिलहरूलार्इ चर्को अालोचना गरेका छन् । 

'युद्दका बेला शान्ती र शान्तीका बेला युद्दको खेती गर्ने' संस्था र व्यक्तिहरू 'डलरवादी' रहेको अारोप लगाउँदै हिरासतमै अाफुलार्इ सिध्याउने षडयन्त्र भएको दाबी गरे । 

डलरवादीहरूको अभियानप्रति घृणा जागेको जनाउँदै ढुंगेलले अाफूलार्इ रिहा गर्ने सरकारी निर्णयविरूद्द सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने वकिलहरूको पनि चर्को अालोचना गरेका छन् । 

अाफुले अदालतको सम्मान गर्ने, तर अाफुविरूद्द परेको रिटमा लम्बेतान बहस र छलफल अावश्यक नै नभएको ढुंगेलको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?