काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवशेनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्मा उम्मेदवारी फिर्ता गरेका छन् ।
आइतबार बिहान नेता विश्वकर्माले आफ्नो असहमतीमा नै उम्मेदवारी दर्ता गराइएको भन्दै फिर्ताका लागि निर्वाचन समितिमा निवेदन दिएका छन् ।
सभापति देउवाको प्यालनबाट पदाधिकारीमा उम्मेदवारी दिन लागेका विश्वकर्मा सो टिममा नअटाएनन् । महामन्त्री वा सहमहामन्त्री दाबी गरिरहेपनि नअटाएपछि उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहेका थिए । तर त्यसमा पनि नपरेपछि दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।
पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।
बिहान ११ बजेसम्मका लागि मनोनयन फिर्ता लिने समय छुट्टयाइएको छ । भने सवा १२ बजे अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया