काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
नेपाल भलिबल संघले आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय टिम घोषणा गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरण १२ सदस्सीय टिम घोषणा गरेको हो ।
ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।
को को छन् नेपाली टिममा ?
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया