बालकृष्ण ढुंगेल रिहा

काठमाडाैं : दश बर्षे जनयुद्दका क्रममा अोखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल परेका कम्युनिष्ट नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् । 

गणतन्त्र दिवसका अवसरमा सरकारले कैदीबन्दीको कैद मिनाहा गर्ने निर्णय गरेबमोजिम ढुंगेल जेलबाट छुटेका हुन् । सरकारले ढुंगेलसहित ८१६ कैदीलार्इ माफी दिने निर्णय गरेको छ । 

जेलबाट रिहा भएलगत्तै ढुंगेललार्इ सैयाैं समर्थकले डिल्लीबजार कारागार परिसरमा स्वागत गरेका छन् । ढुंगेलले समर्थकहरूलार्इ धन्यवाद दिए । 

द्वन्द्वकालमै ढुंगेलले ७ बर्ष कैद भुक्तानी गरेका थिए । तर, शान्ती प्रकृयापछि परिवारजन र माअोवादी अान्दोलन र्इतरका विभिन्न संघसंस्थाले यो मुद्दालार्इ उचालेपछि सर्वोच्च अदालतले पुन: ढुंगेलविरूद्द सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

ढुंगेललार्इ रिहा गर्ने सरकारको निर्णयबिरूद्द फेरि सर्वोच्च अदालतमा रिट परेको छ र त्यसमाथि सुनुवार्इ जारी छ । अदालतले पनि सरकारलार्इ ढुंगेलको रिहार्इसम्बन्धी निर्णयको सक्कल प्रति माग गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?