कडाइ गरेपछि एक वर्षमा १० लाख फ्रान्सेलीले धुमपान छोडे

एजेन्सी : फ्रान्समा धुमपानमाथि कडाइ गरेपछि एक वर्ष भित्र १० लाख मानिसले धुमपान छोडेको पाइएको छ ।

सन् २०१६ देखि २०१७को बीचमा धुमपानसम्बन्धी गरिएको एक अध्ययनले यस्तो देखिएको पब्लिक हेल्थ फ्रान्सले जनायो । 

किशोर र कम आय भएकाहरूमा धुमपानको संख्यामा  कमी आएको छ । यो कमी फ्रान्सले धुमपान विरूद्ध चलाएको अभिायनको परिणाम भएको सो अध्ययनमा देखिएको हो ।

चुरोट तथा सुर्तीजन्य वस्तुको प्याकेजिंग तटस्थ्य खालको बनाउनुपर्ने ,सुर्तीको विस्थापन गर्ने वस्तुको वितरण, चुरोट तथा सुर्तीजन्यको मूल्य महगो पर्ने र सुर्ती मुक्त महिना मनाउने राष्ट्रिय महिनाको आयोजना जस्ता कार्यक्रमले उसको सेवनमा कमी आएको हो ।

फ्रान्समा १ करोड ३२लाख धुमपान गर्ने दैनिक थिए भने अध्ययनले अवधिमा यो घटेर १करोड २२ लाख रहेको पाइएको देखाएको छ ।

दशकौको अभियानका बाबजुद विश्वव्यापी  रूपमा भने धुमपान गर्नेहरूको संख्या बढेको छ । धुमपानबाट हरेक १० जनामा एक जनाको मृत्यु हुने गर्छ । यसरी मर्नेहरूको आधा संख्या चार देश चीन, भारत, अमेरिका र रुसमा गरी मात्रै रहेको ल्यानसेटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?