बजेटमा पूर्वाधार : रेल र जलमार्ग प्राथमिकतामा

काठमाडाैं : सरकारले अागामी अार्थिक बर्षका लागि ल्याउँदै गरेको बजेटमा भाैतिक पूर्वाधार विकासतर्फ रेल र जलमार्गलार्इ विशेष प्राथमिकतामा राख्दैछ । 

अाज दिउँसो ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब हाराहारीको बजेट संसदमा पेश गर्दैछन् । बजेटका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्नेछ । सोही बैठकमा अर्थमन्त्रीले साउनदेखि शुरू हुने अागामी अार्थिक बर्षका लागि राजस्व र व्ययको अनुमान प्रश्तुत गर्नेछन् ।

''बजेट छलफलका क्रममा नेपालका ठूला नदीहरूमा जल परिवहन विकासका लागि पनि घनीभूत छलफल भएको छ, पर्याप्त बजेट छुट्याउन सके प्रधानमन्त्रीज्यूको चुच्चे रेल कुदाउने र नेपालको अाफ्नै पानीजहाज चलाउने सपना पुरा हुन सक्छ ।''

भारतले लगाएको नाकाबन्दीका बेला पारवहन विकल्पका रूपमा चीन र अन्य देशसँग मिलेर अघि बढाउन लागिएको रेलमार्ग बजेटको विकास प्राथमिकतामा पर्ने रेल विभागका उच्च अधिकारीले लोकपथलार्इ बताए । ''हामीले प्रस्ताव गरेको कार्यक्रममा रेलमार्गलार्इ बजेटको उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छाैं, गाैरवका अायोजनाकै रूपमा समेटिएर अाउन सक्छ,'' ती अधिकारीले भने ''बजेट छलफलका क्रममा नेपालका ठूला नदीहरूमा जल परिवहन विकासका लागि पनि घनीभूत छलफल भएको छ, पर्याप्त बजेट छुट्याउन सके प्रधानमन्त्रीज्यूको चुच्चे रेल कुदाउने र नेपालको अाफ्नै पानीजहाज चलाउने सपना पुरा हुन सक्छ ।''

संसदको संयुक्त बैठमा अर्थमन्त्रीले विनियोजन विद्येयक-२०७५, अार्थिक कार्यविधीसबन्धी विद्येयक -२०७५ र राष्ट्र ऋण उठाउने विद्येक-२०७५ समेत पेश गर्नेछन् । बार्षिक अनुमान पेश गर्दा चालु अार्थिक बर्षमा विनियोजन गरिएको बजेटबाट मन्त्रालयगत रूपमा कति खर्च र काम भयो भन्ने विवरण पनि संसदमा पेश गर्नुपर्नेछ । 

निर्वाचनका बेला कम्युनिष्ट पार्टीले अाफ्ना घोषणापत्रमा उल्लेख गरेका सामाजिक लोककल्याणकारी काममा सरकारले बजेट नबढाउने मनशाय बनाएपनि जलमार्ग र रेलमार्गजस्ता पूर्वाधार विकासका क्षेत्रमा रकम विनियोजन हुनसक्ने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?