चिया भनेर पठाइएको १ टन बढी लागू औषध मलेसियामा जफत

एजेन्सी : मलेसियाली अधिकारीहरूले अहिले सम्मकै ठूलो पमिाणमा लागू औषध क्रिस्टल मेथामफेटामाइन जफत गरेको छ । म्यानमारबाट चिया भनि पठाइएको १.२ टन लागू सो लागू औषधसँग ६ जना त्यसको ओसारपसारमा संलग्न भएको आंशकामा मलेसियाली प्रहरीले पक्राउ गरेको छ ।

यो वर्ष इन्डोनेसिया र थाइल्यान्डमा पनि ठूलो परिमाणमा लागू औषध जफत गरिएको पाइएको छ ।

१ करोड ८० लाख अमेरिकी डलर बराबरको १ हजार १सय ८७ किलो ग्राम  लागू औषध म्यानमारको राजधानी यांगुनबाट मलेसियाको राजधानी क्वालालम्पुर नजिक रहेको बन्दरगाह पोर्ट क्लांगमा  पानी जहाजबाट पठाइएको भन्सार महानिर्देशक सुब्रोमनियम तोल्सेले बताए ।

िउनका अनुसार मलेसियामा यो परिमाण अहिलेसम्मको सबैभन्दा ठूलो हो ।

क्रिस्टल मेथामफेटामाइनलाई स्पिड, शाबु र याबा भनेर पनि चिनिन्छ । २२ मेमा म्यानमारबाट मलेसियाका लागि यो ड्रग्स पहेलो रंगको चियाको पोकामा राखेर पठाइएको थियो । समातिएका ६ मध्ये ३ म्यानमार र ३ मलेसियन नागरिक छन् ।

मलेसियाली अधिकारीहरूले यसको प्रमुख मानिसको खोज तलाश गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?