बेलायतले भारत र श्रीलंकासम्बन्धित फाइल ध्वस्त बनायाे

एजेन्सी : श्रीलंकामा विद्रोही तमिल समूह द लिब्रेसन टाइगर अफ तमिल इलमको ताकत शिखरमा रहेका बेला भारत र श्रीलंकाबीचको सम्बन्धसँग सम्बन्धित दस्तावेजसमेत गरी १९५ फाइलहरू बेलायती निकायबाट ध्वस्त पारिएको छ ।

बेलायतको विदेश तथा कमनवेल्थ अफिस (एफसीओ)बाट ती फाइल ध्वस्त पारिएपछि अधिकारकर्मी र अनुसन्धानकर्ताहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

एफओसीले रेकर्ड राख्ने देशको नीतिका आधारमा ध्वस्त गरिएको जनाइरहँदा विज्ञहरूले इतिहासको महत्वपूर्ण समयको कुनै पनि रेकर्ड नहुनुमा चिन्ता व्यक्त गरेका छन् ।

बेलायतको एमआई ५ र द सिक्रेट एयर सर्भिस(एसएएस)ले सन् १९७८ देखि १९८०को बीचमा एलटीटीईको संकटका बेला श्रीलंकाली सेनालाई सल्लाह दिएको थियो ।

पत्रकार र अनुसन्धानकर्ता फिल मिलरले सूचनाको हकको आधारमा फाइल खोज्न जाँदा सन् १९७९ र १९८०बीचका श्रीलंका र भारतबीचको सम्बन्धसम्बन्धित दुई दस्तावेज ध्वस्त पारिएको जनाएको बताए ।

भारतको शान्ति सेनाको कार्य समेतलाई व्याख्या गर्ने श्रीलंका र भारतबीचको सम्बन्धसम्बन्धी दस्तावेजहरू रहेका थिए ।

तमिल इन्फोर्मेसन सेन्टरका वाइरामुत्तु वरदकुमारले भने “राष्ट्रिय संग्रहालयबाट सार्वजनि निगरानीमा राखिएका ऐतिहासिक रेकर्ड विस्थापित गर्नु वा ध्वस्त पार्नु एक गैर कानुनी कार्य हो र यसले आफूहरूलाई दुखी बनाएको छ ।” 

यो फाइलमा बेलायती निकाय एसएएस र एमआई५ले श्रीलंकाली सेनालाई तालिम दिएको विषय समावेश गरिएको हुन सक्ने र यसबाट बेलायती सरकारको छविमा नराम्रो असर पर्ने भएकाले ती फाइलहरू ध्वस्त पारिएको हुन सक्ने उनको भनाइ छ ।

भारतीय अधिकारीहरूले पनि सन् १९८१मा स्थापना भएको यो गैरनाफा मूलक संस्थाबाट सन् १९८७मा केही दस्तावेज जफत गरेको उनले जनाए ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?