सुन प्रकरण: उम्किएकाहरू नै फेरि तस्करीमा

 

काठमाडौँ- डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरूले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

अहिलेको सुन तस्करी काण्डका मुख्य आरोपित ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरूविरुद्ध मुद्दा चलाइएन । मुद्दाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरू फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरूमाथि गत वर्षकै मुद्दामा समेत जिल्ला अदालत काठमाडौंमा आरोपपत्र पेस गर्ने तयारी भएको छ ।

२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौंमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहेको उल्लेख छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने ठेगाना नखुलेको भन्दै उनीलगायत माथि मुद्दा चलाएन । आरोपपत्रमा ठेगाना खुलेपछि पूरक अभियोगपत्र पेस गर्ने उल्लेख थियो । आजको कान्तिपुर दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?