१२ माघ २०७८, बुधबार

भारतीय विदेशमन्त्री स्वराज झुकिन्, नेपाल सँग मागिन् माफी

२०७५,जेष्ठ,१५,मंगलवार ०२:१०

0
Shares

नयाँदिल्ली – भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका लागि सार्वजनिक रुपमै माफी माग्नु परेको छ ।  आजको कान्तिपुर दैनिकमा खबर छ |

साेमबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थिइन्। उनले त्यस्तो अभिव्यक्ति दिएको केही क्षणमै अनलाइन सञ्चारमाध्यम र ट्वीटरलगायतका सामाजिक सञ्जालमा तीब्र विरोध सुरु भएको थियो।

विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब पाँच घन्टा पछि राति साँढे १० बजे आफ्नै ट्वीटर ह्याण्डलबाट ‘मेरो तर्फबाट गल्ती भएको’ भन्दै उनले माफी मागेकी हुन्।

विगत चारवर्षमा भारतको विदेश मन्त्रालयले हासिल गरेका उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वराजले जनकपुरको सभालाई मोदी सरकारको चार वर्षको विदेश नीतिको एउटा सफल उदाहरणका रुपमा प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गरेकी थिइन्।

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार ०२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४