यसकारण शिक्षाका २२ उपसचिव कामविहीन

काठमाडौँ- शिक्षा विभागका २२ उपसचिव कामविहीन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ संरचनाअनुसार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख खटाएपछि विभागमा काज सरुवा भएका उपसचिवहरू कामविहीन भएका हुन् ।

मन्त्रालयले ४१ जिल्लामा उपसचिव र ३६ जिल्लामा शाखा अधिकृतलाई प्रमुख बनाएर खटाएको हो । यसअघि उपसचिव जिल्ला शिक्षा अधिकारी रहेका केही जिल्लामा इकाइ प्रमुखमा अधिकृत पठाइएको छ । साबिकको जिल्ला शिक्षा कार्यालयलाई नै जिल्ला प्रशासन मातहत ल्याएर इकाइ बनाइएको हो । उपसचिवको सट्टा अधिकृतलाई इकाइ प्रमुखको जिम्मेवारी दिएपछि विभाग सरुवा भएका २२ उपसचिव कामविहीन भएका हुन्, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?