४ माघ २०७८, मंगलवार

अब कामदारलाई बैंकबाटै तलब भुक्तानी

२०७५,जेष्ठ,१५,मंगलवार ०१:४३

9
Shares

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली–२०७५ लाई मन्त्रिपरिषद्ले पारित गरेको छ । आइतबार सो नियमावली पारित भएपछि अब कामदारलाई बैंकबाटै अनिवार्य तलब भुक्तानी दिनुपर्ने बाध्यकारी कानुन लागू हुनेछ ।

सरकारले श्रमिकको तलब सुरक्षा गर्न आगामी आर्थिक वर्षदेखि बैंकबाट अनिवार्य तलब भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । अब एक जना श्रमिक राख्ने रोजगारदाताले पनि बैंकबाट तलब भुक्तानी गर्नुपर्नेछ । यस नयाँ श्रम नियमावलीअनुसार औद्योगिक, कृषि र घरेलु कामदारको तलबसमेत बैंकबाट भुक्तानी गर्नुपर्नेछ । यसैगरी, कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरिएको छ । जसका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालनसम्बन्धी निर्देशिका ल्याउनेछ । राजधानी दैनिकमा खबर छ  ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१५,मंगलवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार