तामझामसहित राष्ट्रिय सभा गृह पुगे प्रकाशमान र सुजाता (तस्बिरसहित)

लोकपथ
572
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन्।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् ।

सभापतिका उम्मेदवार सिंह र उपसभापतिका उम्मेवारसहित नेता कार्यकर्ताहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । आजै उनीहरुले उम्मेदवारी घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?