गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्यमन्त्री पौडेलले गण्डकी भूगोल तर्फ पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

१२औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका पोखरेलले पार्टीलाई थप शसक्त बनाएर अघि बढ्नका लागि उम्मेदवारी दिएको जानकारी दिए ।

यसअघि उनको सहमहामन्त्रीमा चर्चा समेत चलेको थियो । तर पदीय भागबण्डा नमिल्ने देखिएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?