खडा भयो शेखरको टिम : रामचन्द्र र शशांकको पनि समर्थन (नामावलीसहित)

लोकपथ
15.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टिम खडा गरेका छन् ।

सभापतिका उम्मेदवार कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजालसहित पदाधिकारीको नाम टुंग्याएका हुन् ।

त्यसैगरी सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको स्रोतले जनाएको छ ।

संस्थापन इतरबाट साझा उम्मेदवार बन्न नसकेपछि नेता कोइरालाले आफूले टिम खडा गरेर अघि बढ्ने निधो गरेका हुन् । यता प्रतिपष्र्धाको रेसबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले उनको टिमलाई समर्थन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?