विप्लव र राउत समूह सेनाको निगरानीमा

काठमाडौँनेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहलाई शान्तिसुरक्षामा चुनौतीका रूपमा चित्रण गरेको छ ।

सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको ‘पृतनापति समन्वयात्मक बैठक’ मा यस्तो विश्लेषण गरिएको हो ।

‘विप्लव र सिके राउत समूह शान्ति र स्थिरतामा चुनौतीका रूपमा रहन सक्ने देखिएको छ,’ बैठकमा अधिकांश रथीहरूले व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सहभागीले भने । आन्तरिक सुरक्षाको जिम्मा नेपाल प्रहरीको भए पनि सेनाले उनीहरूको गतिविधिलाई आफ्नै तवरले नियालिरहेको सैन्य अधिकारीहरूले बताएका छन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?