यसकारण प्रतिष्पर्धाको मैदानबाट बाहिरिए रामचन्द्र (विज्ञप्तिसहित)

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

शनिबार आधिकारिक रुपमा वक्तव्य जारी गर्दै सो कुरा जानकारी गराएका छन् ।

आफूले लामो समयसम्म काम गरेको नेपाली कांग्रेसमा विचलन आएको समेत बताएका छन् । कांग्रेसलाई सत्ताको भर्याङमा सिमित भएको आरोप लगाउँदै संसदीय विचलनमा हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको बताए । ‘कांग्रेसलाई आज केवल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको १४औँ महाधिवेशनसम्म आइपुग्दा पार्टीमा विभिन्न प्रपञ्च भोगेको उल्लेख गर्दै प्रजातन्त्रको मूल्य, मान्यता र आदर्श अगांलेर प्रत्यत्न गर्दा पनि अन्तिम अवस्थामा आएर महाविधेशनको रेसबाट बाहिरिएको बताए । साथै पार्टीको नेतृत्वमा नभए पनि पार्टीभित्रको काममा लागिरहने समेत बताएका छन् ।

‘चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिष्पर्धाको मेदान छोड्न पर्ने अवस्थामा म पुगेँ ।’ उनले भनेका छन्, ‘तथापी एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृती र गलत प्रवृतिविरुद्ध भने लडिनै रहनेछु । लोकन्त्रको आस्था मनभरी भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आर्दशमा स्थापित गर्ने प्रयास अघि बढाउने छन् भन्ने मेरो अपेक्षा रहेको छ ।’

आफू प्रतिष्पर्धाबाट बाहिरिए विवेक प्रयोग गरी मतदान गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?