शेखर टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार पक्का

लोकपथ
897
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका छन् । उनको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार हुने टुंगो लागेको छ ।

शनिबार शेखर पक्षको बैठकले थापा र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कोइरालालगायतका टीमका नेताहरुले केहीबेरमा उम्मेदारी दर्ता गराउनका लागि भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?