र्इथियोपियाको बाढी पहिरोमा ३२ मारिए

अदिस अबाबा : अत्यधिक बर्षापछि आएको बाढी पहिरोमा परेर इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ । 

गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

सञ्चार मामिला कार्यालयले गामो गोफा क्षेत्रमा नौ जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाएको छ । 

त्यसैगरी राज्यद्वारा सञ्चालित फाना प्रसारण संस्थाले आइतबार सम्प्रेषण गरेको समाचारमा सिडामा क्षेत्रमा २३ जनाको मृत्यु भएको उल्लेख गरेको छ । फानाले अरु छ जना गम्भीर घाइते भएको पनि जनाएको छ । 

अफ्रिकी मुलुकहरुले अहिले अत्यधिक बर्षा र त्यसपछिको बाढी पहिरोको समस्या झेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?