अवधारणा पत्रसहित प्रकाशमानले घोषणा गरे सभापतिमा उम्मेदवारी

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार दिउँसो एक कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् । साथै नेता सिंहले अवधारणापत्र समेत सार्वजनिक गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै वर्तमान नेतृत्वले समयको माग अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । साथै वर्तमान सभापति शेरबहादुर देउवाले काम गर्न नसकेपछि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

काम गर्न नसकेको नेतालाई पुनः नेतृत्वमा ल्याउन नहुने समेत उनको भनाइ रहेको छ ।

सोही कार्यक्रमबाट सिंहको टिमबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेकी छिन् । अन्य पदाधिकारीहरुको भने टुंगो लागेको छैन ।

संस्थापन इतरबाट साझा उम्मेदवार खोज्न लामो छलफल भएको थियो । तर नेताहरुबीच सहमती हुन नसकेपछि संस्थापन इतरबाट २ जनाले सभापतिमा उम्मेदवार देखिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको प्रतिष्पर्धाबाट बाहिरिएका छन् । यता डा शेखर कोइरालाले आफ्नो टिम बनाएर अघि बढ्ने तयारी गरेका छन् । कोइराला टिमबाट महामन्त्रीमा गगन थापा उम्मेदवार बन्ने निस्चित भएको छ । भने अन्य पदाधिकारीको नाम टुंगिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?