साउदी अरबमा महिलाले चालक बन्न खुल्ला गरिँदै

 

रियाद- साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ ।
दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयले पुष्टि गरेको छ ।
सहायक आन्तरिक मामिला मन्त्री सइद अल कतानीले कार चलाउन सक्नेहरूले कार चलाउन पाउने बताए ।
ट्राफिक नियमको उल्लङ्घन वा अन्य गल्ती गरेमा महिला चालकहरुले पनि पुरुष चालकजस्तै सजायँ तथा जरिवानाको भागिदार हुने मन्त्री सइदले जानकारी दिएको अल अरबीया टेलीभिजनले सोमबार प्रशारण गरेको समाचारमा जनाइएको छ ।
“जुन महिलाले सवारी साधन चलाउछन्, उनीहरु हाम्रा छोरी वा दिदी बहिनी आदी हुन्, उनीहरु विरुद्ध हुने हिंसा रोक्नु हाम्रो कर्तव्य हो,” उनले भने  ।
सुरक्षा चेकजाँच र ट्राफिक व्यवस्थापन पनि महिला चालकलाई ध्यान दिनेगरी मिलाइएको उनले  जानकारी दिए  ।
साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले गत सन् २०१७ को नोभेम्बरमा नै महिलालाई सवारी साधन चलाउन बन्देज लगाउने व्यवस्था हटाउन निर्देशन दिएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?